• बुधबार, साउन १३ २०८३

गोरखा अपडेट : ४ पालिकामा गरी एकैदिन ४१ जनामा कोरोना संक्रमण


बिहिबार, बैशाख २३ २०७८
560
Shares

मेलिना बराम गोरखा । गोरखामा आज बिहिबार एकै दिन ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भिमसेन थापा, शहिद लखन, आरुघाट र गण्डकी गाउँपालिकामा गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा गण्डकी गाउँपालिका १ का एक जना, आरुघाट गाउँपालिकाका १९ जना रहेको वास्थ्य कार्यालय गोरखाका कोभिड फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।

आरुघाटमा थपिएका मध्ये वडा नम्बर ४ का २ जना, ८ का १२ जना, वडा नम्बर ९ को ३ जना र ७ को २ जना रहेको बताइएको छ । त्यस्तै भिमसेन थापा गाउँपालिकाका १२ जनामा समेत बिहिबार नै संक्रमण पुष्टि भएको छ ।

भिमसेनमा थपिएका मध्ये वडा नम्बर १ का ३ जना, वडा नम्बर ५ को एक जना, ३ को एक जना, ६ नम्बरको दुई जना, वडा नम्बर २ को एक जना, ४ को एक जना र ८ नम्बरको तिन जना रहेको उनले बताए ।

त्यस्तै शहिद लखन गाउँपालिकाका थप ९ जनामा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।

शहिद लखनमा संक्रमण पुष्टि भएका सबै एउटै वडा नम्बर ८ का रहेको अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार