बाराको कलैयामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका— ६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन ।
कलैया अस्पतालमा उपचारको क्रममा उनको बिहीबार दिउँसो १ः२५ बजे उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
