• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमितकाे औषधीमा कालोबजारी गरेकाे आराेपमा गोरखाका एक युवक पक्राउ


बिहिबार, बैशाख २३ २०७८
610
Shares

काठमाण्डाै । कोरोना संक्रमितकाे औषधीमा कालोबजारी गरेकाे आराेपमा गोरखाका एक युवक पक्राउ परेका छन् ।

कोरोना संक्रमितलाई दिइने औषधीमा चर्काे मुल्य असुलेकाे आरोपमा प्रहरीले गोरखाका एक युवकलाई काठमाण्डाैकाे बसुन्धराबाट पक्राउ गरेको हाे।

२४ हजार रुपैयाँ पर्ने रेम्डेसिभिर औषधी १ लाख २० हजार रुपैयाँमा बिक्री गरेको आरोपमा प्रहरीले गोरखाका रफिक मियाँलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार उनी खुला रूपमा औषधी बिक्री गरिरहेका थिए।

उनले टिचिङ अस्पतालको सेवक फर्माबाट औषधी लगेर खुला रूपमा बिक्री गर्ने गरेको खुलेको छ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार सेवक फर्माका सञ्चालक दीपक ढकाल फरार छन्।

रेम्डेसिभिर कोरोनाको उपचार गर्ने सीमित अस्पताललाई मात्र दिइने गरिएको छ।

उक्त फर्माले त्यो औषधी कसरी ल्यायो भन्ने खुल्न बाँकी रहेको पंगेनीले बताए।

पक्राउ परेकालाई कालोबजारी ऐन, संक्रामक रोग ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार