• बुधबार, साउन १३ २०८३

घरमै पुगेर कोभिड जाँच्दै स्वास्थ्यकर्मी


बिहिबार, बैशाख २३ २०७८
615
Shares

Blood pressure measuring. Doctor and patient. Isolated on white background. Health care.; Shutterstock ID 89752360; PO: man-at-doctor-stock-TODAY-150608; Client: TODAY digital. Many men can't remember their last doctor visit.

बाजुरामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ।

कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताए।

जिल्लामा बुधबारसम्म १०८ कोरोना सङ्क्रमित रहेका छन्। तीमध्ये एक महिलाको बुधबार मृत्यु भइसकेको छ भने चार जना जिल्ला अस्पतालको आइसोलेसनमा उपचार गरिरहेका छन्।

बाँकी सबै होमआइसोलेसनमा र केही सङ्क्रमित स्थानीय तहले बनाएको आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा छन्। गाउँ(गाउँमा कोभिड फैलिएपछि स्वास्थ्य कार्यालयले एन्टिजेन जाँच घरमै पुगेर गरिरहेको छ।

हिमाली गाउँपालिका–५ कवाडीमा जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाएर घरमै कोभिड जाँच तथा उपचार गरेको छ।

जिल्ला अस्पतालमा कार्यरत डा दीपेन्द्र बुढा, स्वास्थ्य कार्यालयमा कार्यरत ल्याब टेक्निसिएन रतन बुढा र जगत शाहीले कवाडी गाउँमा पुगेर जाँचसहित उपचार तथा परामर्श दिएको थियो। सो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको हो।

गाउँपालिकामा पुगेको चिकित्सक टोलीले कोरोना सङ्क्रमितलाई उपचारसँगै उनीहरूलाई परामर्शसमेत दिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। उक्त गाउँपालिकामा पहिलो चरणको कोरोनाभाइरस सङ्क्रमणका बेला एक जना पनि सङ्क्रमित भेटिएका थिएनन्।

अहिले दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट सो गाउँपालिकामा मात्रै २० कोरोना सङ्क्रमि रहेका छन्।

स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितलाई टेलिफोन तथा प्रत्यक्ष भेटमार्फत उपचार र परामर्श दिइरहेका छन्।

बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेकबहादुर खड्काले भने दैनिक होमआइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था टेलिफोनबाट भए पनि बुझ्ने गरेको बताए।

फोनमार्फत परामर्श दिने काम भइरहेको र जटिल अवस्था भएमा अस्पताल आउनसमेत आग्रह गर्ने गरिएको खड्काको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले कोरोना सङ्क्रमित दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमित बिरामीको जाँच र उपचार गरिरहेका बताए।

जिल्लामा जोखिम बढ्न नदिनका लागि जिल्लामा बुधवारबाट यही वैशाख ३१ गतेसम्मका लागि निषेधज्ञासमेत गरिएको छ।

सङ्क्रमितको मनोबल कम गर्ने काम कसैलाई नर्गन प्रजिअ अधिकारीले आग्रह गरेका छन्।

जिल्लामा चार कोभिड अस्पताल छन् भने ६५ आइसोलेसन शय्या छन्। जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित आइसीयू शय्या रहेका छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार