
गोरखा । गोरखामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखको भिमसेन थापा गाउँपालिका र शहिद लखन गाउँपालिकामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।


जसमा भिमसेन थापा गाउँपालिकाका १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोभिड फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।


भिमसेनमा थपिएका मध्ये वडा नम्बर १ का ३ जना, वडा नम्बर ५ काे एक जना, ३ काे एक जना, ६ नम्बरकाे दुई जना, वडा नम्बर २ काे एक जना, ४ काे एक जना र ८ नम्बरकाे तिन जना रहेकाे उनले बताए ।
त्यस्तै शहिद लखन गाउँपालिकाका थप ९ जनामा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।
शहिद लखनमा संक्रमण पुष्टि भएका सबै एउटै वडा नम्बर ८ का रहेको अर्यालले जानकारी दिए ।
