• बुधबार, साउन १३ २०८३

वडा-वडामा पुगेर पिसिआरकाे नमुना स‌ंकलन गर्दै गोरखा नगर, कुन वडामा कहिले ?


बिहिबार, बैशाख २३ २०७८
655
Shares

मेलिना बराम, गोरखा । कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढुदै गएसंगै गोरखा नगरपालिकाले पिसिआर परिक्षणलाई अभियानको रुपमा थालनी गरेको छ ।

बुधबार एक सुचना प्रकाशित गर्दै नगरपालिकाले प्रत्येक वडामा पुगेर नगरवासीको पिसिआरको नमुना संकलन गर्न लागेको जानकारी दिएको हो । कार्यालयले पिसिआरको नमुना संकलनका लागि कार्य तालिका नै सार्वजानिक गरेको छ ।

‘अहिलेको अवस्था अत्यन्त संवेदनशिल छ, अहिले लापरवाही भयो भने अवस्था भयावह बन्न पनि सक्छ’ नगरप्रमुख राजनराज पन्तले सिभिलखबरलाई भने ‘नगरवासीको स्वास्थ्य सुरक्षामा हामी गम्भिर छौ, आजैदेखि हरेक वडामा गएर शंकास्पद र गर्न चाहनेको पिसिआरको नमुना संकलन गरेर कोरोना परिक्षणका लागि पोखरा पठाउछौ ।’

मेयर पन्तका अनुसार सबै वडामा पिसिआरको नमुना संकलन पछि आउने कोरोनाको रिपोर्टका आधारमा नगरपालिकाले आगामी रणनीति तय गर्नेछ ।

‘१४ वटै वडाका नागरिकको कोरोना परिक्षण गराउदा एक किसिमको सिनारियो पक्कै आउछ’ पन्तले सिभिलखबरलाई भने ‘रोकथाम, न्यूनिकरण र ब्यवस्थापनका साथै उपचारमा कसरी अघि बढ्ने त्यसपछि कार्ययोजना र रणनीति बन्छ ।’

बुधबार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीद्धारा हस्ताक्षरित सुचना अनुसार आज बैशाख २३ गते वडा नम्बर ६, ७ र ८ का नागरिकको बिहान ११ बजेदेखि रानी पोखरी नजिक विपि चौतारामा पिसिआरको नमुना संकलन गरिनेछ ।

त्यस्तै आजै वडा नम्बर १२ र १३ को दिउँसो २ बजेदेखि १२ नम्बरको रानीटारमा नमुना संकलनका लागि गोरखा नगरपालिकाको टोली जाने बताइएको छ ।

यसैगरी २४ गते वडा नम्बर ८ मा आहाले स्थित नेपाल रेडक्रश सोसाइटीको उपशाखा भवनमा २४ गते बिहान ११ बजे, वडा नम्बर १३ र १४ को गोरखकाली टायर उद्योग परिसरमा दिउँसो २ बजेदेखि नमुना संकलन हुने नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

२६ गते वडा नम्बर १ मा बिहान ११ बजेदेखि वडा कार्यालय नजिक शिवालय थानमा, वडा नम्बर २ र ४ को कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा दिनको १ बजेबाट स्वाव संकलनको काम सुरु हुने बताइएको छ ।

यसैगरी बैशाख २८ गते बिहान ११ बजेदेखि वडा नम्बर ३ को नारेश्वर स्वास्थ्य चौकीमा, वडा नम्बर ५ को पस्लाङ चौतारामा दिनको ३ बजेदेखि पिसिआरको नमुना संकलन कार्य हुने अर्यालले सिभिलखबरलाई जानकारी दिए ।

त्यस्तै अन्तिम दिन बैशाख ३० गते वडा नम्बर ९ र १० को मनकामना बहिरा विद्यालयको गेट अगाडी बिहान ११ बजे र वडा नम्बर १० कै छेवेटार शहरी स्वास्थ्य केन्द्रमा दिनको २ बजेबाट स्वाव संकलन गरिने बताइएको छ ।

यसरी १४ वटै वडाबाट संकलन भएको स्वावलाई नगरपालिकाले परिक्षणका लागि पोखरा पठाउने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार