• मंगलबार, असोज १३ २०८३

गण्डकीमा ‘भुसकाे आगो’ बन्दै कोरोना, एकै दिन झण्डै ६ सयमा संक्रमण


बिहिबार, बैशाख २३ २०७८
650
Shares

गोरखा । गण्डकी प्रदेशमा कोभिड–१९ को दोस्रो लहर ‘भुसकाे आगो’ जसरी भित्रभित्रै सल्किदै गएकाे देखिन्छ । गण्डकी प्रदेशमा केहिदिन यताकाे काेराेना संक्रमणकाे दरकाे नतिजा हेर्दा अवस्था भयाभह हुने संकेत देखिएकाे छ ।

बुधबार १२ सय ९० जनाको पीसीआर परीक्षण गरिँदा ५ सय ७४ मा संक्रमण देखिएको छ भने ३ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ११ का ५० वर्षीय र पर्वतको जलजला ७ का ८४ वर्षीय वृद्ध रहेका छन्।

उनीहरु दुबैको मंगलबार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।

नवलपुरको गैँडाकोटका कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ।

गण्डकीका बिभिन्न जिल्लामा दिनहुँ संक्रमितको संख्या बढिरहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको विज्ञप्तिबाटै प्रष्ट भएको छ।

बुधबार मात्रै गोरखामा ५० जनामा एकै पटक संक्रमण पुष्टि भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार