• बुधबार, साउन १३ २०८३

आजदेखि गोरखामा जिल्लाभर निषेधाज्ञा, अब २१ जिल्ला मात्रै बाँकी


बिहिबार, बैशाख २३ २०७८
635
Shares

गोरखा । गोरखामा आज बिहीबारदेखि जिल्लाभर निषेधाज्ञा जारी भएकाे छ ।

जिल्ला प्रशासन कार्यालयमा हिजाे बुधबार भएकाे जिल्ला कोभिड १९ संटक ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।

काेराेना भाइरसकाे जाेखिम बढ्दै गएकाे भन्दै जिल्लाभर निषेधाज्ञा जारी गर्नु परेकाे बताइएकाे छ ।

यसअघि गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, आरुघाट गाउँपालिका र भिमसेन थापा गाउँपालिकाकाे ७ र ८ मा मात्रै निषेधाज्ञा जारी गरिएकाे थियाे ।

अब जिल्लाभर ३१ गतेसम्म निषेधाज्ञा हुने बताइएकाे छ ।

यससंगै कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्काे गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ।

देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन्।

गृह मन्त्रालयको बुधबार साँझ ७ बजेसम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार