• बुधबार, साउन १३ २०८३

निषेधाज्ञापछि सुनसान बन्यो पालुङटार, हेर्नुस ५ तस्विरमा पहिलो दिन


बुधबार, बैशाख २२ २०७८
760
Shares

किरण गिरी, पालुङटार । कोरोना भाइरसको जोखिम बढेको भन्दै आज बुधबारबाट पालुङटार नगरपालिकाले निषेधाज्ञा जारी गरेसंगै त्यस क्षेत्रका बजार तथा बस्ती सुनसान बनेको छ ।

सोमबार नगरपालिकाले निषेधाज्ञा जारी गर्नका लागि डिसिएमसीलाई सिफारिस गरेको थियो । त्यस लगत्तै बसेको डिसिएमसी बैठकले पालुङटारसहित गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा १० दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

आजबाट सुरु भएको निषेधाज्ञाका कारण पालुङटार नगरपालिका क्षेत्र सुनसान बनेको छ भने अत्यावस्यक बाहेकका यातायात, पसलहरु सबै बन्द रहेका छन् । जोखिम हुने डरले स्थानीय घरबाट समेत बाहिर निस्केका छैनन ।

हेर्नुस पाँच तस्विरमा पालुङटारको ठाँटीपोखरी बजार क्षेत्र

तस्विरहरु : किरण गिरी/ सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार