काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ४हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्ला मुलुकमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो । अहिलेसम्म काठमाडौंमा १ लाख ३४ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ललितपुरमा २२ हजार ८६ जना र भक्तपुरमा १२ हजार ६ सय २९ जनामा संक्रमण पुष्टि भएको छ ।
