• बुधबार, साउन १३ २०८३

नेपालमा एकै दिन थपिए ८ हजार ६५९ कोरोना संक्रमित, ५८ को निधन


बुधबार, बैशाख २२ २०७८
615
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, आज एक हजार ९९३ जना डिस्चार्ज भएका छन्। आज ५८ जना संक्रमितको निधन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार