• मंगलबार, असोज १३ २०८३

सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन


बुधबार, बैशाख २२ २०७८
750
Shares


नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सेनाले अवकाश पाएका आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन भनेको हो ।

नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको पनि जनाएको छ ।

हेर्नुस् सेनाले जारी गरेको विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार