• बुधबार, साउन १३ २०८३

गोरखामा तीन दिने सुत्केरी महिलालाई कोरोना संक्रमण


बुधबार, बैशाख २२ २०७८
595
Shares

गोरखा । गोरखामा तीन दिने सुत्केरी महिलासमेत कोरोना संक्रमित भएकी छिन् । जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ का तीन दिनको सुत्केरी महिलालाई कोरोना संक्रमण भएको हो ।

उनी प्रसुतीका लागि चितवन स्थित नयाँ मेडिकल कलेज पुगेकी थिइन् । सोही क्रममा मंगलवार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको र उनी अहिले बुङ्कोट स्थित बकेनश्वाँरा आफ्नै घरमा होम आइशोलेसनमा रहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार