• मंगलबार, असोज १३ २०८३

एकिकरण नेपालले दियो गोरखा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री


बुधबार, बैशाख २२ २०७८
965
Shares

गोरखा । गोरखा अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध भएको छ । ह्याण्डिक्याप इन्टरनेशनको सहयोगमा एकिकरण नेपाल नामक गैरसरकारी संस्थाले अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराएका हुन् ।

चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मास्क, एप्रोन, स्क्रप, ग्लोब्स लगायतका सामग्री प्रदान गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देबकोटाले जानकारी दिए ।

अस्पतालबाट कोभिड सम्बन्धि सन्देश, सूचना, जानकारी दिनका लागी टेलिभिजन ४९ इन्च एलइडी डिस्प्ले वोर्ड १, मल्टी प्लग २ वटा, २ वटा पेनडाइभ, ८ वटा कुर्ची, टेवल, एनएस ९५ मास्क १४५ पिस, ग्लोव्स १००, एप्रोन २०, फेससिल्ड १००, गाउन २५, वायो हाजार्ड व्याग १०, नि ह्याम्मर ५, व्रेन सर्किट १०, रेयर टी पिस १०, ४७ प्रति स्क्रव लगायतको सामग्रीहरु प्रदान गरिएको कार्यकारी निर्देशक देबकोटाले बताए ।

एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड बिरुद्धको अभियानमा काम गर्न अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार