• मंगलबार, असोज १३ २०८३

गण्डकीमा थप दुई कोरोना संक्रमतिको मृत्‍यु


बुधबार, बैशाख २२ २०७८
745
Shares


स्याङ्जा । गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा स्याङ्जा, गल्याङ नगरपालिका—११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका—७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्‍यु भएको छ । उनी २१ गते कोरोना संक्रमित भएको र मुटुको विरामी समेत थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या २३७ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार