• मंगलबार, असोज १३ २०८३

करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु


बुधबार, बैशाख २२ २०७८
640
Shares


खोटाङको हलेसी तुवाचुङ नगरपालिका—५ का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ।

१० वर्षीय बालक टिहाङ राईको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान पौने ८ बजे घरबाट दिदीको घर जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार