• मंगलबार, असोज १३ २०८३

युट्युब ट्रेन्डिङमा स्वस्तिमा—निश्चल (भिडियो)


बुधबार, बैशाख २२ २०७८
660
Shares


काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेतका आ—आफ्नै प्रशंसक छन्।

वास्तविक जीवनको यो जोडीलाई पर्दा वा भिडिओमा सँगै देख्न चाहने जमात पनि कम छैनन्। त्यसैले जब यी दुई एउटै गीत वा फिल्ममा काम गर्छन्, चर्चामा आउँछन्। अहिले स्वस्तिमा—निश्चल युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा छन्।

महेश काफ्ले र मेलिना राईको स्वरको गीतबाट उनीहरु ट्रेन्डिङमा आएका हुन्।‘तातो गोली’ बोलको यो गीतमा गायक महेश र पुष्कर गुरुङ पनि देखिएका छन्। उदयराज पौडेलले संगीत संयोजन गरेको गीतमा गायक महेशकै शब्द र संगीत छ।

यो गीत गायक काफ्लेको यसअघि आएको ‘माया बिरयानी ’ बोलको गीतको सिक्वल हो। गत शुक्रबार जि२१ डिजिटल च्यानलबाट सार्वजनिक यो गीतले हालसम्म १३ लाखभन्दा बढी भ्यूज पाइसकेको छ।

गायक महेशका यसअघि लज्जावती झार, नाच फिरिरीलगायत गीत चर्चित छन्। लोकभाकामा आधारित रमाइला गीत बनाउने महेशले यो गीतमा पनि पुरानै स्वाद र शैली कायम राखेका छन्।

असीम शाहको निर्देशन र लोकेश बज्राचार्यको सम्पादनमा तयार भएको गीतको भिडिओमा हरि हुमागाईंको छायांकन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार