गोरखा । गोरखामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गोरखा नगरपालिकाका २५ र भिमसेन थापा गाउँपालिकाका २५ गरी ५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये सरकारी कार्यालयका कर्मचारीदेखि बैंक र सहकारीका कर्मचारीसम्म रहेको बताइएको छ ।
त्यस्तै सदरमुकामका केहि ब्यवसायीहरुमा समेत संक्रमण पुष्टि भएको बताइएको छ ।