• मंगलबार, असोज १३ २०८३

नदीमा डुबेर एक युवकको मृत्यु


बुधबार, बैशाख २२ २०७८
520
Shares


तनहुँस्थित मादी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा मंगलबार दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य थालेकामा उनलाई मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार