• बुधबार, साउन १३ २०८३

लोक दोहोरी प्रतिष्ठानद्धारा मास्क वितरण


बुधबार, बैशाख २२ २०७८
705
Shares

गोरखा । नेपाल लोक तथा दोहोरी गीत प्रतिस्ठान गोरखाले सबैलाई मास्क लगाएर मात्र हिड्न अनुरोध गरेको छ ।

कोरोना महामारीबाट बच्न मास्कको प्रयोग अनिर्वाय भएको सन्देश दिन प्रतिस्ठान मंगलबार मास्क वितरण कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

सदरमुकामको हरमटारी चोक र १२ किलोमा मास्क नलगाई हिडेका सर्वसाधारणलाई मास्क वितरण गरिएको प्रतिष्ठानकी अध्यक्ष मिना गुरुङले बताइन ।

सो अबसरमा सधै मास्क लगाएर हिड्न आग्रह समेत गरिएको थियो । प्रतिस्ठानले नेपाल पत्रकार महासंघ मार्फत जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीहरुलाई पनि मास्क उपलब्ध गराएको छ ।

प्रहरीलाई पनि मास्क वितरण गरिएको सचिव हरेराम परियारले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार