• मंगलबार, असोज १३ २०८३

वडा सदस्यको शव बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु


मंगलबार, बैशाख २१ २०७८
615
Shares


जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अरू ६ जना घाइते भएका छन्।

सोमबार चट्याङ लागेर मृत्यु भएका बैतडीको पञ्चेश्वर गाउँपालिका—६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने क्रममा जीप दुर्घटना भएको हो।

सोही वडाको रोडिदेवलमा मंगलबार दिउँसो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।

चार जनाको घटनास्थलमै मृत्यु भएको र शव ल्याएर आउँदै गरेका आफन्तहरू घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको उनले बताए।

घाइतेहरूलाई उपचारका लागि सदरमुकाम ल्याइँदैछ। मृत्यु हुनेमा वडा नम्बर ६ का ५० वर्षीय जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारी छन्।

जीप सडकबाट खसेर दुर्घटना भएको हो। जीप के कारणले खसेको भन्ने खुलेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार