गोरखा । गोरखामा आज (मंगलबार) थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिकाका १० र सिरानचोक गाँपालिकाका १ गरी थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबैको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएको हो ।

संक्रमित हुनेहरु मध्ये पालुङटार नगरपालिका वडा नं. १ का ५८ वर्षीया महिला र ५६ वर्षका पुरुष, वडा नं. २ का ६, ९ र २० वर्षका पुरुष तथा १३, २५ र ३० वर्षीया महिला रहेका छन् ।
त्यसैगरी वडा नं. ५ का २२ र ५७ वर्षकी महिला र सिरानचोक गाँउपालिका वडा नं. ३ का ४३ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका फेकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
