गोरखा । जिल्लाको आरुघाट गाँउपालिकामा पनि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला स्तरीय कोभिड व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको सिफरिसको आधारमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले आरुघाटमा पनि निषेधाज्ञा जारी गरेका हुन् ।
निषेध अनुसार आज बेलुका १२ः०० बजेदेखी लागु हुने गरी वैशाख मसान्नत सम्म निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यस अघि भिमसे थापा ७ र ८, गोरखा र पालुङटार नगरपालिकामा समेत निषेधाज्ञा जारी गरेको थिया ।
निषेधाज्ञाको समयमा पालिकामा अत्यवश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रुपका रोक लगाएको छ ।

दैनिक उपभोग्य खाधन्न, तरकारी र फलफूल पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ५ः०० बजेदेखी ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखी ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।