• बुधबार, साउन १३ २०८३

निषेधाज्ञा भरी मालपोत कार्यालय गोरखाको सेवा बन्द


मंगलबार, बैशाख २१ २०७८
885
Shares


गोरखा । जिल्लामा कोरोना संक्रमणको दास्रो लहरको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गरेको अवधीभरी मालपोत कार्यालय गोरखाको सेवा पनि बन्द गरिने भएको छ ।

डिसिसिएमसीको हिजो (सोमबार) बसेको बैठकले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी भनेर आज बेलुका १२ः०० बजेदेखी लागु हुने गरी वैशाख ३१ गते सम्म गोरखा र पालुङटार नगरपालिकामा १० दिने निषेधाज्ञा जारी गरेको थियो ।

मालपोत कार्यालय गोरखाले आज एक सूचना प्रकाशन गर्दै यी दुई पालिका भित्र जारी गरिएको निषेधाज्ञा अवधीभरी यस कार्यालयको आन्तरिक कार्य बाहेक सम्पूर्ण सेवा बन्द रहने जनाएको छ ।

No description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार