• बुधबार, साउन १३ २०८३

गोरखामा बिवाह, ब्रतबन्धमा १५ जना भन्दा बढी भेला हुन नपाइने


मंगलबार, बैशाख २१ २०७८
770
Shares

गोरखा । गोरखा नगरपालिका र पालुङटार नगरपालिका भित्र हुने बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्यमा १५ जना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

सोमबार बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गोरखाका दुबै नगरपालिका भित्र हुने बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्यमा १५ जना भन्दा बढी भेला हुन निषेध गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

उक्त कार्य पार्टी प्यालेस तथा होटलमा गर्न समेत प्रतिबन्ध लगाएको छ ।

बिवाह, ब्रतबन्ध र संस्कारजन्य कार्य आफ्नै घरमा गनुपर्ने र त्यस्तो कार्यमा सहभागी हुने संख्या १५ जना भन्दा बढी हुन नहुने निर्णय गरिएको निमिक्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।

त्यस्ता कार्य गर्दा पनि स्वास्थ्य मापदण्ड अपनाएर मात्र गर्न पाउने र सवारी साधनको हकमा शुभ विवाहको ब्यानर राखेर चालक, बेहुला, बेहुली र सहचालक सहित बढीमा १५ जनाले मात्र यात्रा गर्न पाउने प्रशासनले स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार