• मंगलबार, असोज १३ २०८३

भारतमा दुई करोड नाघ्यो कोरोना संक्रमितको संख्या


मंगलबार, बैशाख २१ २०७८
665
Shares

काठमाडौं । भारतमा कोरोना संक्रमितको कुल संख्या दुई करोड नाघेको छ।

गएको २४ घण्टामा ३ लाख ५७ हजार २२९ संक्रमित थपिँदा भारतमा कुल कोरोना संक्रमितको संख्या २ करोड २ लाख ८२ हजार ८३३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा भारतमा ३ हजार ४४९ जनाको मृत्यु भएको छ भने त्यहाँ कुल मृतकको संख्या २ लाख २२ हजार ४०८ पुगेको छ।

यसैबीच भारतमा १ करोड ६६ लाख कोरोनामुक्त भएका छन् भने त्यहाँ १५ करोड ७१ लाख ९८ हजारले खोप लगाइसकेका छन्।

भारत अहिले कोरोनाको हटस्पट हो। अमेरिका पछि भारत धेरै संक्रमित भएको दोस्रो राष्ट्र हो। तर भारतमा यतिबेला सबैभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार