• मंगलबार, असोज १३ २०८३

गस्तीमा गएका प्रहरीको चट्याङ लागेर मृत्यु


मंगलबार, बैशाख २१ २०७८
765
Shares


झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो।

उनी गम्भीर घाइते भएका थिए।

तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए।

भारत सँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो।

हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो।

गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन्। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार