• मंगलबार, असोज १३ २०८३

सबै ठूला अस्पताल र मेडिकल कलेजमा अक्सिजन प्लान्ट स्थापना गरिने


सोमबार, बैशाख २० २०७८
790
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सबै ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताएका छन्।

कोरोना महामारीको दोस्रो चरण चलिरहँदा अहिले अक्सिजन र सिलिण्डरको अभाव देखिएको छ। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनका अनुसार बिग्रेका प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने छ। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने पनि उनले बताए।

लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने उनले बताए।

देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्ने गरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको ओलीले बताए।

आइतबार साँझसम्म नेपालमा कूल संक्रमित संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।

कूल संक्रमितमध्ये निको भएका संक्रमित ८४.५ प्रतिशत, निको हुने क्रममा रहेका संक्रमित १४.५ प्रतिशत र ज्यान गुमाउनेको संख्या ०.९९ प्रतिशत रहेको उनले बताए।

३० जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित संख्या रहेको सम्बोधनमा उनले बताए।

७२ जिल्लामा कोभिड संक्रमित रेकर्ड भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार