• मंगलबार, असोज १३ २०८३

फरक—फरक जहाजबाट आएकाले बोकेका स्पिकरभित्र भेटियो डेढ किलो सुन


सोमबार, बैशाख २० २०७८
630
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

खनाल र खड्का एयर अरेबिया, सुमित र धनबहादुर हिमालय एयरलाइन्स र विश्वकर्मा नेपाल एयरलाइन्सबाट विमानस्थल उत्रिएका थिए।

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

पक्राउ परेकालाई भन्सार कार्यालयमा पठाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार