गोरखा । जिल्लामा कोरोना संक्रमणको दास्रो लहरको जोखिम बढ्दै गएपछि गोरखा र पालुङटार नगरपालिकामा पनि १० दिने निषेधाज्ञा जारी गरेको छ ।


यस अघि भिमसेन थापा ७ र ८ मा समेत निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा भोली (मंगलबार) रातीदेखी वैशाख ३१ गतेसम्म जारी रहने छ ।
जिल्ला स्तरीय कोभिड व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठले पनि यी दुई पालिकामा निषेधाज्ञा जारी गर्नका लागी सिफरिस गरेको थियो ।
फेरी आज बसेको कोभिड व्यवस्थापन केन्द्रको बैठकले दुबै पालिकामा निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । सो अवधिमा औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु २४ से घण्टा खूल्ला रहने छ भने अत्यवश्यक बाहेकका सम्पूर्ण सेवामा रोक लगाएको छ ।

दैनिक उपभोग्य खाधन्न, तरकारी, फलफूल, माछा, मासु, दुध तथा दही, निमार्ण सामग्री, कृषिजन्य विउ विजन, मल तथा पशुपन्छीको दाना विक्री वितरण गर्ने पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ५ः०० बजेदेखी ९ः०० बजेसम्म र बेलुका ५ः०० बजेदेखी ७ः०० बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यसैगरी एमबुलेन्स, शवबाहन, दमकल, खाध सामग्री, पशुपंछीको दाना ओसारपोसार गर्ने साधान, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु बोकेका साधन र मलबिउ लगायत कृषिजन्य सामग्री बोकेका सवारी साधानलाई पनि आवतजावतमा रोक लगाइै छैन् ।
संचारकर्मीको हकमा भने सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास र सम्बन्धित संचार गृहले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।

झण्डावाला गाडी, बैंक तथा वित्तिय संस्थाका कर्मचारी डियुटीमा आउजाउ गर्ने सवारी साधन तथा अत्यवश्यक सरकारी कामकाजका लागी प्रयोग हुने साधान पनि चल्न पाउने छन् ।
निषेधाज्ञाको समयमा जारी गरिएको आदेश विपरित काम गर्नेलाई संका्रमक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
