• मंगलबार, असोज १३ २०८३

दिवेश पुगे अमेरिकन आइडलको टप सेभेनमा


सोमबार, बैशाख २० २०७८
545
Shares


काठमाडौं । अमेरिकी आइडलको प्रतिस्पर्धामा पुनः आएका नेपाली मूलका दिवेश पोखरेल (अर्थर गन) शीर्ष सातमा पुगेका छन्।

१८ औं संस्करणका उपविजेता पोखरेल ‘अमेरिकन आइडल’ को १९ औं संस्करणमा पनि टप सातमा पुगेका हुन्।

सिजन १८ का १० प्रतियोगीले यो संस्करणको गायन प्रतिस्पर्धामा भाग लिने मौका पाएका थिए। जसमा अर्थर गनसँगै फेथ बेकनेल, फ्रेंकलिन बून, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेस समेत छनोटमा परेका थिए।

अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको कारण देखाउँदै गत सिजनका १० जनालाई मौका दिने निर्णय गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार