गोरखा । गोरखामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गोरखामा आज (सोमबार) चार पालिकामा गरी थप २१ जनामा संक्रमण पुष्टि भएको हो ।



संक्रमित हुनेहरुमा भिमसेन थापा गाँउपालिका वडा नं. ८ का २० वर्षीय पुरुष, पालुङटार नगरपालिका वडा नं. ५ का ६० वर्षीय महिला र आरुघाट गाँउपालिका वडा नं. ८ का तीन महिला तथा दुई जना पुरुष रहेका छन् ।
त्यसैगरी बाँकी १४ जना शहिद लखन गाँउपालिकाका रहेका छन् ।

उनीहरु मध्ये वडा नं. ६ का एक महिला, वडा नं. ८ का तीन महिला तथा ४ पुरुष र वडा नं. ९ का ३ महिला र ३ पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
