• बिहिबार, साउन १४ २०८३

कर्नाटकाको एक अस्पतालमा अक्सिजन नपुग्दा २४ जनाको मृत्यु


सोमबार, बैशाख २० २०७८
565
Shares

काठमाडौं । भारतको कर्नाटकास्थित एक सरकारी अस्पतालमा अक्सिजन नपुग्दा २४ जना बिरामीको मृत्यु भएको छ।

कर्नाटकाको चामराजनगर जिल्ला अस्पतालमा अक्सिजनको कमी भएकाले २४ जनाको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

आइतबार बिहानदेखि सोमबार बिहानसम्ममा २४ जनाले ज्यान गुमाएका हुन्। तीमध्ये १२ जना कोरोना संक्रमित थिए। अरू १२ जनालाई पनि अक्सिजन दिएर उपचार भइरहेको थियो।

कर्नाटकाका मुख्यमन्त्री बिएस येदयुरप्पाले यस घटनापछि मंगलबारका लागि क्याबिनेट बोलाएका छन्।

उपमुख्यमन्त्री सिएन आसवत नारायण विभिन्न अधिकारीहरूसँग छलफल गरेका छन्।

कर्नाटकामा आइतबारमात्रै ३७ हजार ७ सय ३३ नयाँ कोरोना संक्रमित थपिएका थिए।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार