• मंगलबार, असोज १३ २०८३

राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित


सोमबार, बैशाख २० २०७८
505
Shares


काठमाडौं । सरकारले राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित गरेको छ ।

कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गरिएको हो ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए ।

जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ ।

सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ । जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक परिचालन गर्ने योजना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार