काठमाडौं । नेपाली बजारसुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ ।