• बुधबार, साउन १३ २०८३

विश्वमा कोरोना : एकैदिन थपिए पौने ७ लाख संक्रमित, आधाभन्दा धेरै भारतीय


सोमबार, बैशाख २० २०७८
495
Shares

काठमाडौं । बितेको २४ घण्टामा भारतमा झण्डै चार लाखमा कोरानो संक्रमण पुष्टि भएको छ। वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा तीन लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो।

यसबीचमा भारतमा ३४ सय २२ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्। भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ९९ लाख १९ हजार भन्दा धेरैमा संक्रमित भएका त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ लाख १८ हजार ९ सय ४५ पुगेको छ।

पछिल्लो समय कोरोना संक्रमणको कारण भारत विश्वमै सबैभन्दा धेरै प्रभावित छ। संक्रमण र मृत्युदर अनियन्त्रित बन्दै जाँदा भारतको स्वास्थ्य प्रणाली नै असफल हुने अवस्था सिर्जना भएको छ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ७८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा आधा भन्दा बढी भारतीय नै छन्। यसबीचमा विश्वभर ९ हजार ९ सय ९० जनाले कोरोना संत्रमणको कारण ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार