• सोमबार, भाद्र २२ २०८३

म‌ंगलबार रातीबाट निषेधाज्ञा जारी गर्न गोरखा नगरपालिकाको डिसिएमसीलाई सिफारिस


आइतबार, बैशाख १९ २०७८
885
Shares

गोरखा । कोरोना भाइरसको जोखिम उच्च भएको भन्दै गोरखा नगरपालिकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आज आइतबार कार्यालयमा सम्पन्न नगर कार्यपालिका बैठकले आगामी बैशाख २१ गते रातीबाट लागु हुने गरी नगर क्षेत्रमा निशेधाज्ञा जारी गर्न जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्र (डिसिएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।

काठमाण्डौ, चितवन, पोखरा लगायतका शहरहरुमा निषेधाज्ञा जारी भएसंगै जिल्लामा समेत जोखिम बढेको भन्दै नगरपालिकाले गोरखा बजारसहित १४ वटै वडामा निषेधाज्ञा लागु गर्न डिसिएमसीलाई सिफारिस गरिएको उनले बताए । हाल दश दिनका लागि निषेधाज्ञा गर्न सिफारिस गरिएको छ ।

त्यस्तै नगर कार्यपालिका बैठकले १४ वटै वडामा पिसिआर परिक्षणलाई तिब्रता दिने समेत निर्णय गरेको नगरप्रमुख पन्तले सिभिलखबरलाई बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार