• बुधबार, साउन १३ २०८३

कोरोना संक्रमणबाट संविधानसभा सदस्य चौधरीको निधन


आइतबार, बैशाख १९ २०७८
560
Shares


कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आइतबार दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् ।

शनिबार मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार