काठमाडौं । सूचना तथता प्रशारण विभागले कर्मचारीमा कोरोना देखिएपछि प्रेस प्रतिनिधि परिचय पत्र नयाँ जारी तथा नवीकरणका काम रोकेको छ।

आजदेखि विभागले अनिश्चितकालका लागि सेवा स्थगित गरेको शाखा अधिकृत बसन्तबहादुर खत्रीले बताए।
पत्रकारहरूको प्रेस प्रतिनिधि प्रमाण पत्र जारीरनवीकरण, अनलाइन सञ्चार माध्यम नयाँ/पुन:दर्ता तथा नवीकरणका कामका साथै प्रशारण तर्फका सम्पूर्ण सेवा प्रवाहका काम रोकिएका छन्।
सिसिएमसीले निषेधाज्ञाका बेला पत्रकारले सूचना विभागको कार्ड देखाउनुपर्ने भनेका बेला विभागले कार्ड नयाँ बनाउने तथा नवीकरणका काम रोकेको छ।
