• मंगलबार, असोज १३ २०८३

आज ८ थपिएसगैं गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २३० पुग्यो


आइतबार, बैशाख १९ २०७८
855
Shares


पोखरा । गण्डकी प्रदेशका थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कास्कीका ५, पर्वत, रुपन्देही र दाङका थप ८ कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका ५ की ७६ वर्षीया महिला, लुम्बिनी प्रदेशको दाङ राप्ती गाउँपालिका ५ का ४३ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ का ७५ वर्षीय संक्रमितको पोखरामा उपचारकै क्रममा पछिल्लो ३ दिनयता मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३० पुगेको छ । लुम्बिनीका मृतकको संख्या गण्डकी प्रदेशकोमा संलग्न गरिएको छैन ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार