काठमाडौं । कारोबारको पहिलो दिन नेपाली बजारमा सुन मूल्यमा सामान्य वृद्धि भएको छ ।
शुक्रबार तोलामा एकैपटक ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भई रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा लागू भएका कारण देशका अधिकांश शहरमा सुनको कारोबार भएको छैन ।
