• बुधबार, साउन १३ २०८३

नेपालबाट हुने हवाई उडानमा हङकङले लगायो रोक


आइतबार, बैशाख १९ २०७८
615
Shares

काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका अनुसार हङकङको तर्फबाट रोक लगाएको खबर आएसँगै सो गन्तब्यमा निर्धारित भएका उडानसमेत रद्द हुनेछन् ।

हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट आउने जहाजहरुको उडान समेत रोकिसकेको छ । दक्षिण एसियामा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका कारण धेरै मुलुकहरुले यस भेगबाट हुने यात्रामा क्रमशः कडाई गर्दै लगेका छन् ।

हङकङको पछिल्लो नियम अनुसार कुनै एक गन्तब्यबाट आएका कम्तीमा ५ र सो भन्दा बढी मानिसमा कोरोना देखिएमा दुई साताका लागि उडान रोक्ने गरिएको छ ।

अघिल्लो लहरका बेला हङकङमा नेपाल एयरलाइन्सको उडान सोहीकारण पटक पटक रोकिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार