• मंगलबार, असोज १३ २०८३

चट्याङमा परी एकको मृत्यु, दुई घाइते


आइतबार, बैशाख १९ २०७८
740
Shares


चट्याङमा परी पाल्पामा एक जनाको ज्यान गएको छ।

शनिबार राति परेको चट्याङमा दुई जना घाइते भएको पाल्पा प्रहरीले जनाएको छ।

पाल्पा तिनाउँ गाउँपालिका १ कचल मुहान टोलका कर्णबहादुर उचईको घरमा चट्याङ पर्दा १६ वर्षीय प्रेमबहादुर बगालेको मृत्यु भएको हो।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएकोमा राति मृत घोषणा गरिएको थियो।

चट्याङमा १५ वर्षीया ईन्दिरा उचई र १९ वर्षीय रामु गाहा घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार