• बुधबार, साउन १३ २०८३

गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु


आइतबार, बैशाख १९ २०७८
875
Shares


गोरखा । गोरखाका थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–६ का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनको शनिबार राति १२ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया र मधुमेहको समस्या भइ यही वैशाख १७ गते सो अस्पतालमा भर्ना भएका उनीमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार