गोरखा । बारपाक सुलिकोट गाँउपालिका कार्यालयको सेवा आज एक दिनको लागी बन्द रहने भएको छ ।

वडा नं. ४ का निर्वाचित वडा सदस्य कालुराम सार्की (प्रेम नेपाली)को निधनको शोकमा गाँउ कार्यपालिका र वडा नं. ४ को कार्यालय आज (आइतबार) बन्द रहने भएको हो ।
वडा सदस्य सार्कीको शनिबार राती ९ बजे मृत्यु भएको हो ।
