• मंगलबार, असोज १३ २०८३

परिवारका ८ जनामा काेराेना संक्रमण, कोरोनाकै कारण आमाछोराकाे मृत्यु


आइतबार, बैशाख १९ २०७८
660
Shares

कोरोना संक्रमणको कारण सुनसरीमा आमाछोराकै मृत्यु भएको छ। सदरमुकाम इनरुवा ३ निवासी आमाछोराको तीन दिनको फरकमा मृत्यु भएको हो।

८५ वर्षीय आमाको गएको बिहीबार र ६४ वर्षीय छोराको शनिबार दिउँसो मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। आमा छोराको मृत्यु भएको परिवारका अन्य आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेकै अवस्थामा बिहीबार आमाको मृत्यु भएको थियो। उनी केही दिनअघि काठमाडौंबाट घर फर्किएकी स्थानीयले बताएका छन्।

आमाको मृत्यु हुँदा सिकिस्त रहेका ६४ वर्षीय छोराको शनिबार दिउँसो कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो। आमाको मृत्यु भएकै दिन उनका छोरालाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार