• बुधबार, साउन १३ २०८३

गोरखाकाे बाेर्लाङ क्षेत्रमा एक साता लकडाउन


शनिबार, बैशाख १८ २०७८
785
Shares

गोरखा । गोरखाकाे बाेर्लाङ्ग क्षेत्रमा एक साता लकडाउन घाेषणा गरिएकाे छ । केहिदिनयता काेराेना भाइरसका संक्रमित बढ्दै गएसंगै बाेर्लाङ्ग क्षेत्रमा लकडाउन लगाइएकाे हाे ।

भीमसेन थापा गाउँपालिका वडा नं. ७ र ८ मा एक साताका लागि निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएकाे छ ।

साे क्षेत्रमा एक साता सार्वजनिक तथा निजी यातायातका साधन (निर्माण सामग्री, खाद्यान्न, पशुपंक्षी र पशुपंक्षीको दाना ढुवानी गर्ने सवारी साधन, अत्यावश्यक काममा प्रयोग भएको सवारी साधन, एम्बुलेन्सबाहेक) सञ्चालनमा रोक लगाइएकाे छ ।

त्यस्तै साे अवधिभर अत्यावश्यक सेवाबाहेकका सरकारी सेवा, वित्तीय संस्थाका सेवाहरु बन्द गर्ने प्रशासन कार्यालयद्धारा जारी सूचनामा उल्लेख छ । तर खाद्यान्न, तरकारी तथा फलफूल पसल भने बिहान सात बजेदेखि नौ बजेसम्म र साँझ चारबजेदेखि छ बजेसम्म मात्र सञ्चालन गर्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

भीमसेनथापा ७ क्यामुण्टार गाउँमा मात्र ६२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । भीमसेनथापा गाउँपालिका ३, ४, ६, ७ र ८ मा गरी शनिबारसम्म ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

पालिकाभरका दुईसय ४१ जनाको स्वाब परीक्षण गरिएकोमा केहीको रिपोर्ट अझै आउन बाँकी रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार