• बुधबार, साउन १३ २०८३

गोरखामा कोरोना नियन्त्रण कडाईमा तिव्रता, आज मात्रै ८४ जनालाई कारवाही


शुक्रबार, बैशाख १७ २०७८
515
Shares

गोरखा । गोरखामा कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्नका लागी कडाईमा तिव्रता दिएको छ ।

आज सार्वजनिक स्थानमा मास्क नलगाई हिडडुल गर्ने ८४ जनालाई कारवाही गरेको हो । बिहीबार पनि मास्क नलगाई हिडडुल गर्ने ७६ जनालाई जरिवाना तिराइएको थियो ।

संक्रमक ऐन २०२० अनुसार उनीहरुलाई जनाही एक सय रुपैयाँको दरले जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सवारी सधानमा यात्रा गर्ने र सार्वजनिक क्षेत्रमा हिडडुल गर्ने सवैलाई अनिबार्य मास्क लगाउन आग्रह गर्दै आएको भएपनि अटेरी गर्नेहरुलाई कारवाही गर्न सुरु गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भन्दै जिल्लाका विभिन्न ठाँउमा कोरोना बिरुद्धको सचेतना फैलाउने काम प्रहरीले गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार