गोरखा । जिल्लाको भिमसेन थापा गाँउपालिकाको एउटै गाँउमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकाको वडा नं. ७ क्यामुन्टारमा आज (शुक्रबार) थप ३३ जनामा संक्रमण पुष्टि भएको हो । गत मंगलबार मात्रै सो गाँउमा २९ जनामा संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी परिक्षणका लागी पठाएको थियो ।

बुधबार स्वाब संकलन गराएका १ सय ७५ जना मध्ये ३२ मा आज संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये एक महिलाले भने गोरखा नगरपालिकामा स्वाब संकलन गराएकी थिइन् ।
