गोरखा । गोरखामा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार तीन पालिकामा गरी शुक्रबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा आरुघाट गाँउपालिका वडा नं. ७ का ६५ वर्षीया महिला र भिमसेन थापा गाँउपालिका वडा नं. ७ का ६७ वर्षका पुरुष रहेका छन् ।

यसैगरी बाँकी ९ जना गोरखा नगरपालिका वडा नं. ८ का रहेका छन् । ती मध्ये ५ जना महिला तथा ४ जना पुरुष रहेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षक निश्चल आर्यलले जानकारी दिए । उनीहरुले गोरखा नगरपालिकामै स्वाब संकलन गराएका थिए ।